काठमाडौं, २७ माघ । । संगीतकार महेश खड्काले संगीत गरेको नयाँ गीत ‘नोगेन’ बोलको गीतालाई चोरीको बात लागेको छ । केहीदिन अघि सार्वजनिक एको गीत नोगेनमा आफ्नो संगीत मिसाइएको भन्दै चर्चित संगितकार वसन्त सापकोटाले उक्त आरोप लगाएका हुन् ।
बाल गायिका रुक्साना लिम्बू र प्रमोद खरेलले गाएको उक्त गीत ३ दिन अघि सार्वजनिक भएको छ । उक्त गीत स्रोताहरुले अत्याधिक रुचाएका पनि छन् । तर संगितकार सापकोटाले आफूले संगीत गरेको सागरसरी चोखो माया बोलको गीतको संगीतसँग मेल खाएकोले संगीतमा आफ्नो नाम राख्न मागसमेत गरेका छन् ।
सापकोटाले आफूले ‘सिलसिला’ चलचित्रमा समावेश ‘सागरसरी चोखो माया’ अंश र ‘मेरो आशा बन्यौं नोगेन’ लाइनमा संगीत मेल खाएको दावी गरेका छन् । उले उक्त संगीत आफूले भरेको संगितबाटै चोरिएको ठोकुवा गरेको हुन् ।
उक्त अंश गीतमा बारम्बार दोहोरिएकोले आफूले आफ्नो नाम राख्न माग गरेको बताएका छन् ।
तर उता संगीतकार महेश खड्काले भने गीतको संगीत नमिल्ने दावी गरेका छन् ।
गीत ‘नोगेन’
गीत सागर सरी