काठमाडौं, २७ माघ । काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले पार्टी र महानगरवासीको चाहना भए पुन मेयरमा आफ्नो उम्मेदवारी रहने बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पार्टीले मानेको अवस्थामा आफू आगामी स्थानीय तहको निर्वाचनमा मेयरको उम्मेदवार बन्ने बताएका हुन् ।
उनले भने, ‘पार्टी र महानगरका नागरिकहरुले के भन्छन् । यदी उहाँहरुले चाहेको अवस्थामा म पुन मेयरको उम्मेदवारी दिन तयार छु।’
विगतमा पार्टीले आफूलाई वडा अध्यक्ष, एमाले काठमाडौंको सचिवको जिम्मेवारी दिँदै केन्द्रीय सदस्यको जिम्मेवारी दिएको बताउदै उनले फेरि जिम्मेवारी दिए मेयरमा उठ्ने बताएका हुन् । उनले पार्टीले जो जस्लाई टिकट दिए पनि काठमाडौं मनपा मेयरमा एमालेले जित्ने दाबी गरे ।