काठमाडौं, १ फागुन । नेकपा (एमाले) उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले छापामार शैलीमा प्रधानन्यायाधीशबिरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्नु अलोकतान्त्रिक भएको बताएका छन् ।
संसदीय व्यवस्था भएको मुलुकमा प्रमुख प्रतिपक्षी राज्यको अभिन्न अंग भएकाले महाअभियोग प्रस्ताव गर्नुअघि विपक्षी दलसँग सल्लाह नगरिनु अलोकतान्त्रिक भएको उनले आरोप लगाएका हुन् ।
नेम्वाङको भनाइ जस्ताको तस्तै
‘प्रमुख प्रतिपक्षीलाई थाहा पत्तो नदिइ अचनाक छापामार शैलीमा प्रधानन्यायाधीशबिरुद्ध महाअभियोग दर्ता गरे सत्ता पक्षले, जो अलोकतान्त्रिक छ। सत्ता पक्षले यो छापामार शैलीमा हामीलाई कुनै जानकारी नदिइकन यो महाभियोगको प्रस्ताव आएको हामीलाई जानकारी भयो । यसलाई हामीले गम्भीरतापुर्वक मानेका छौँ । संसदीय व्यवस्थामा प्रतिपक्षीलाई राज्यको अभिन्न अंगको रुपमा मानिन्छ । र, यो प्रतिपक्षीलाई यसैबीच सत्ता पक्षको यो काम कारवाही लोकतन्त्रको विपरित छ । विभिन्न जोडबलले जोडबलले बल्ल बल्ल स्थानीय तहको निर्वाचन मिति घोषणा भएको छ । त्यससम्बन्धि आवश्यवक तयारी भइरहेको अवस्थामा हामी सातै प्रदेशमा भेला भइरहेका थियौँ । प्रशिक्षणमा थियौँ आज र भोली यही बेलामा सर्वोच्च अदालतमा थुप्रै गम्भीर प्रकृतिका मुद्धाहरु विचाराधीन अवस्थामा रहेका छन् । जुन टुङ्गो नपुगिरहेको अवस्थामा आजै १४ सांसदहरुलाई कारवाही गरिएको मुद्धाले पालो पाउने अवस्था थियो ।
त्यस्तै ललिता निवास जग्गा प्रकरणको मुद्धामा ढिलाई भइरहेको अवस्थामा स्थानीय तहको निर्वाचन एकपटक दरपीट भएर यसबारेमा सर्वोच्च मै मुद्धा पर्छ भन्ने अवस्था भइरहेकोमा अचानक महाअभियोगको विषयमा छलफल गर्न हाम्रो नतेता र सांसदहरुलाई आज साँझ सम्ममा कामठमाडौं बोलाएका छौँ । आज ६ बजे सचिवालयको बैठक बस्छौँ र भोली ११ बजे संसदीय दको बैठक बस्छौँ । यो बिषय गम्भीर छ हामी बैठकबाट निर्णयमा पुग्छौँ।’