एमालेले सोमबार बैठक बसेर महाअभियोग दर्ताबारे निर्णय लिने

काठमाडौं, १ फागनु । प्रधानन्यायाधीशबिरुद्ध संसद सचिवालयमा भएको महाअभियोगका सम्बन्धमा छलफल गर्न एमालेले सोमबार बिहान ११ बजेका लागि बैठक बोलाएको छ ।

उपत्यका बाहिर रहेका सांसदहरुलाई समेत बोलाएर सोमबार ११ बजे संसदीय दलको बैठक बस्ने अह्वान गरिएको एमाले उपाध्यक्ष सुवास नेम्वाङले बताए ।

बैठकमा महाअभियोग प्रस्ताव दर्ताबारे पक्ष वा विपक्षमा उभिनेबारे निर्णय लिन उनले बताए ।

‘महाअभियोगको विषयमा छलफल गर्न हाम्रो नतेता र सांसदहरुलाई आज साँझ सम्ममा कामठमाडौं बोलाएका छौँ,’ उनले भने, ‘भोली ११ बजे संसदीय दको बैठक बस्छौँ । यो बिषय गम्भीर छ हामी बैठकबाट निर्णयमा पुग्छौँ।