फिदिम नगरपालिका – ११ मा ‘२२ दिने बाँसको फर्निचर बनाउने तालिम’ उद्घाटन

पाँचथर, २ फागुन । फिदिम नगरपालिका वडा नम्बर – ११ मा २२ दिने बासको फर्निचर बनाउने तालिम उद्घाटन भएको छ ।

सामाजिक बिकास मन्त्रालय प्रदेश नम्बर १ र करुणा फाउण्डेसन नेपालको सहकार्य र फिदिम नगरपालिकाको सहयोगका साथै पञ्चमी युनेस्को संघ हिलिहाङ – ४ को आयोजनामा तालिम संचालन हुन भइरहेको हो ।

अपाङगता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम अपाङगता भएका व्याक्ति तथा परिवारका सदस्यहरुका लागि शिप बिकास तथा ब्याबसायिक तालिम अन्तर्गत २२ दिने बाँसको फर्निचर बनाउने तालिम आयोजन गरिएको बताइएको छ ।

तालिम फाल्गुण १ गते देखि सुरु भइ फाल्गुन २१ गते सम्पन्न हुने छ । तालिमको उद्द्घाटन कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष प्रदिप भण्डारीले गर्नुभएको थियो भने प्रमुख अत्तिथि फिदिम नगरपालिका वडा नम्बर ११ का कार्यबाहक अध्यक्ष यज्ञ बिक्रम न्यौपाने बिशिष्ट अतिथि करुणा फाउण्डेसन नेपाल पाँचथरका सौरब ताम्राकार बिसेस अथिति फिदिम नगरपालिका पाँचथरका सि.बि. आर.एफ पुनम चेम्जोङको उपस्थितिमा सम्पन्न कार्यक्रम लाइ सन्चालन सस्थाका सचिव पुरण मगरले गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै अथितिहरुले अपाङ्गता भएका व्याक्ति वा उनीहरुको परिवारका शदस्याहरुले शिप सिकेर व्यवारमा परिवर्तन गरि निरन्तर कार्य गरे आर्थिक लाभ लिन सकिने कुरा प्रस्ट बनाउनको साथै तालिममा सहभागि हरुले निर्माण गरेका सामग्री समेत बजारिकरण गर्न सहयोग गर्ने प्रतिबद्द्ता गर्नुभएको थियो ।

त्यस्तै सहभागिहरु अनिवार्य व्यवसायिक बन्नु पर्ने र ब्यवसायिक बन्न प्रयत्न गर्दा कुनै समस्या आए प्राबिधिक सहयोग गर्न कुनै कुरा बाँकि नराख्ने प्रतिवद्दता गर्नु भएको थियो ।

उक्त तालिममा फिदिम नगरपालिका वडा नम्बर १० र ११ भित्रका अपाङगता भएका व्याक्ति र उनिहरुका परिवारका १५ सदस्यहरुले तालिममा सहभागी भएका छन भने उक्त तालिमको प्रशिक्षक चुणामणि बास्कोटाले गर्नुभएको छ । साथै अन्य अपाङगता भएका व्याक्ति वा परिवारका सदस्यहरुलार्इ पुन यहि फागुन २२ गते देखि २३ दिने बाँसको फर्निचर बनाउने तालिम फिदिम नगरपालिका वडा नम्बर १२ मा प्रदान गरिने छ ।