काठमाडौं, ३ फागुन । । एमाले उपाध्यक्ष विष्णु पौडेलको जिल्ला रुपन्देहीमा मओवादी केन्द्र र समाजवादी पार्टीबाट गाउँपालिका अध्यक्ष बनेका दुई नेता एमालेमा प्रवेश गरेका छन् ।
उनीहरुसँगै एक हजार दुईसय कार्यकता एमालेमा प्रवेश गरेका छन् । उनीहरुलाई एमाले उपाध्यक्ष विष्णु पौडेलले एक कार्यक्रमकाबीच स्वागत गरेका छन् ।
एमाले प्रवेश गर्नेमा रुपन्देहीका ओमसतिया गाउँपालिकाको अध्यक्ष हिरा केवट र उपाध्यक्ष सुन्दरमती हरिजन रहेका छन् । उनीहरु मओवादी केन्द्रबाट अध्यक्षमा निर्वाचित भएका थिए । उता समाजवादी पार्टीबाट गत स्थानीय निर्वाचनमा अध्यक्ष जितेका रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादव पनि एमालेमा प्रवेश गरेका हुन् ।
एमाले प्रवेश गरेका अध्यक्षद्वयले तराईको राजनीतिमा महत्त्वपूर्ण प्रभाव पार्ने नेता कार्यकर्तालाई समेत प्रवेश गराएका छन् । एमालेले रुपन्देहीको धकधईमा आयोजित एक समूहबीच पार्टी प्रवेश गराएको हो । एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीका अनुसार ओमसतियाको सिंगो माओवादी कमिटी एक हजार २०० सदस्यसहित एमालेमा प्रवेश गरेका छन् । प्रवृत्तिको सुरुवात गरेको छ”, उनले भने ।
नेकपा एमालेले आफ्नो अधिवेशनमै देशरी पार्टी प्रवेश कार्यक्रमको अभियान संचालन गरिरहेको छ ।
दिनदिनै आफ्ना कार्यकताहरु एमालेमा प्रवेश गर्न थालेपछि एमाले प्रवेश गर्न थालेपछि माओवादी तनावमा छ ।