काठमाडौ , ३ फागुन । बुधबार राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको आईपीओ खुला हुने भएको छ । बिहान १० बजेबाट भर्न मिल्ने गरी आठ करोड ५० लाखबराबरको आठ लाख ५० हजार कित्ता सेयर निष्कासन हुन लागेको हो ।
जसमा १३ हजार कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ । त्यस्तै ४२ हजार पाँच सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको संस्थाले जनाएको छ ।
बाँकी सात लाख ९४ हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन् । आवेदन दिने अन्तिम दिन छिटोमा फागुनको आठ गतेसम्म रहेको छ ।