इमर्जिङ्ग नेपाल लिमिटेडको आइपीओ भोलि बाँडफाड हुने

काठमाडौं, ३ फागुन । इमर्जिङ्ग नेपाल लिमिटेडको आइपीओ भोलि बाँडफाड हुने भएको छ । कम्पनीले सर्वसाधारणका लागि खुलाएको आइपीओको रिजल्ट भोलि आउने भएको हो ।

दिउँसो ३ः३० बजे कम्पनीको शेयर बाँडफाड हुने बिक्रि प्रबन्धक एनआईसी एशिया क्यापिटलले जनाएको छ ।

कम्पनीको आईपीओमा २४ लाख १५ हजार ९१९ जना आवेदकले दुई अर्ब ७८ करोड ३५ लाख ४२ हजार रुपैयाँ बराबरको २ करोड ७८ लाख ३५ हजार ४२० कित्ता शेयरको लागि आवेदन परेको छ ।

माघ २६ गते खुलेको आइपीओ फागुन १ गते सम्मका लागि आवेदन समय तय गरिएको थियो ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!