कुम्मायकमा १५ दिनको मुढा बुन्ने तालिम उद्घाटन

फिदिम । पाँचथर जिल्ला कुम्मायक गाउँपालिका वडा नम्बर – २ मा १५ दिनको मुढा बुन्ने तालिम उद्घाटन भएको छ ।

सामाजिक बिकास मन्त्रालय प्रदेश नम्बर १ र करुणा फाउण्डेसन नेपालको सहकार्य कुम्मायक गाउँपालिकाको सहयोग र पन्चमी युनेस्को संघको आयोजनामा यो कार्यक्रम संचालन भइरहेको हो ।

कार्यक्रम अन्तर्गत अपाङगता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम अपाङगता भएका व्याक्ति तथा परिवारका सदस्यहरुहरुका लागि लागि शिप बिकास तथा ब्याबसायिक तालिम दिइनेछ ।

फागुन ५ गतेबाट सुरु भएको १५ दिने मुढा बनाउने तालिम फागुन १९ गते गते सम्पन्न हुने हुने सस्थाका अध्यक्ष प्रदिप भण्डारिले बताउनुभयो ।

तालिमको उद्द्घाटन कार्यक्रमको अध्यक्षता कुम्मायक गाउपलिका वडा नम्बर २ माङजाबुङ का स्वास्थ साखा प्रमुख सुचिन्द्र मेहताले गर्नुभएको थियो । त्यस्तै प्रमुख अत्तिथिका रुपमा करुणा फाउण्डेसन नेपाल पाँचथरका संयोजक केदार भण्डारी रहेका थिए । विशेष अथितिका रुपमा कुम्मायक आउपालिका वडा नम्वर २ का महिला सदस्य हरिमाया दर्जि रहनु भएको थियो ।

कार्यक्रममा बोल्दै अथितिहरुले अपाङगता भएका व्याक्ति वा उनिहरुको परिवारका शद्स्यहरुले शिप सिकेर व्यवारमा परिवर्तन गरि निरन्तर कार्य गरे आर्थिक लाभ लिन सकिने बताउनु भएको थियो । साथै सहभागिहरु अनिवार्य व्यवसायिक बन्नु पर्ने र बयबसायिक बन्न प्रयत्न गर्दा कुनै समस्या आए प्राबिधिक सहयोग गर्न कुनै कुरा बाकि नराख्ने प्रतिबद्धता गर्नु भएको थियो ।

उक्त तालिममा कुम्मायक गाउपालिका भित्रका अपाङगता भएका व्याक्ति र उनिहरुका परिवारका २५ सदस्यहरुले तालिममा सहभागी भएका छन, भने उक्त तालिमको प्रशिक्षक ललित मुखियाले गर्नुहुने भएको छ ।