काठमाडौं, ८ फागुन । गायिका मिलन नेवारले उत्कृष्ट गायिकाको उपाधि पाएकी छन् । “फाल्गुनन्द लिङ्देन फिल्म्स” ले उनलाई लिम्बू भाषाको लिम्बू संस्कृतिमा आधारित गीतको “मुकुमलुङ माङे सेवारो” बोलको गीत मार्फत उक्त उपाधि पाएकी हुन ।
उनले उत्कृष्ट गायिकाको उपाधि पाएको सामाजिक संजाल फेशबुक मार्फत जानकारी गराएकी छन् । त्यस्तै उत्कृष्ट गीतकारको उपाधि विष्णु इङ्नामले पाएका छन् । उक्त उपाधिको शनिबार घोषणा गरिएको थियो ।
‘हिजो सम्पन्न लिम्बु भाषा(संस्कृतिमा आधरित अवार्ड कार्यक्रम “फाल्गुनन्द लिङ्देन फिल्म्स” मा लिम्बु भाषामा सज्जिएको गीत “मुकुमलुङ माङे सेवारो” ले उत्कृष्ट गायिकाको ऊपाधि मैले तथा एही गीत बाट उत्कृष्ट गीतकारको ऊपाधि बिष्णु इङ्नामज्युले पाउन सफल भएका छौ । धन्यवाद “फाल्गुनन्द लिङ्देन फिल्म्स” परिवार तथा सम्पूर्ण श्रोता दर्शक प्रति आभारी छु,’ उनले भनेकी छन् ।