पाँचथरको कुम्मायकमा १५ दिनको मुढा बुन्ने तालिम सम्पन्न

फिदिम । पाँचथर जिल्ला कुम्मायक गाउँपालिका वडा नम्बर – १ मा १५ दिनको मुढा बुन्ने तालिम समापन भएको छ ।

सामाजिक बिकास मन्त्रालय प्रदेश नम्बर १ र करुणा फाउण्डेसन नेपालको सहकार्य कुम्मायक गाउँपालिकाको सहयोग र पन्चमि युनेस्को संघको आयोजनामा अपाङगता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम अपाङगता भएका व्याक्ति तथा परिवारका सदस्यहरुका लागि शिप बिकास तथा ब्याबसायिक तालिम अन्तर्गत १५ दिने मुढा बनाउने तालिम मिति २०७८ माघ २० गते देखि सुरु भएर फाल्गुन ५ गते सम्पन्न भएको छ ।

तालिमको समापन कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष प्रदिप भण्डारीले गर्नुभएको थियो भने प्रमुख अत्तिथि कुम्मायक गाउपालिका अध्यक्ष जय बहादुर चेम्जुङ बिसिस्ट अथिति प्रमुख प्रसासनिक अधिकृत गणेश अधिकारि बिशिस्ट अतिथि करुणा फाउण्डेसन नेपाल पाँचथरका संयोजक केदार भण्डारि को उपस्थितिमा सम्पन्न भएको थियो ।