नेकपा एस निकट अनेरास्ववियू तेह्रथुमको नयाँ कमिटी गठन, अध्यक्षमा सुनिल निङ्लेकु

तेह्रथुम, १४ फागुन । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी भातृ संगठन अनेरास्ववियू तेह्रथुमको म्याङ्लुङमा सम्पन्न अगुवा विद्यार्थी भेलाले सुनिल निङ्लेकुको अध्यतामा ३३ सदस्यीय जिल्ला कमिटी गठन भएको छ।

उधोग बाणिज्य संगको हलमा सम्पन्न भेलाले उपाध्यक्षमा डिकेन लिम्बू, सचिव पासाङ तामाङ सहसचिव पुर्निमा निरौला चयन हुनु भएको नेकपा एकीकृत समाजवादी जिल्ला सचिब गजेन्द्र कन्दङवाले जानकारि दिनु भयो ।

भेला जिल्ला अध्यक्ष कृष्ण चोङबाङको प्रमुख आथित्यतामा सम्पन्न भएको हो । नेकपा एकीकृत समाजवादी तेह्रथुमले यश अघि युवा संघ जिल्ला कमिटि समाजबादी प्रेस संगठन गठन गरि सकेको छ।

समाजबादी तेह्रथुमले जिल्लाको आठराई, मेन्छ्यायेम,म्याङ्लुङ र लालिगुरास नगरपालिकामा पालिका स्तरिय कमिटी गठन गरि सकेको जिल्ला अध्यक्ष चोङबाङले जानकारी दिनु भएको छ।