नयाँ ‘लुक्स’मा मलिका महत (४ तस्बीरमा)

काठमाडौं, १५ फागुन । पछिल्लो समय म्युजिक भिडियोमा जमेकी नायिका तथा मोडल मलिका महत हुन् । उनी अहिले नेपाली गीतका म्युजिक भिडियोमा एकदमै रुचाइने कलाकारको पहिलो नम्बरमा पर्छिन ।

यसअघि मलिका र पलको अभिनयमा निर्मित म्युजिक भिडियो फुलबुट्टे सारी र टाढा भएपनि बोलको गीतको म्युजिक भिडियोले नेपाली दर्शकहरुको ध्यान तानेको थियो ।

मलिकालाई पछिल्लो पटक राजेशहमालद्वारा निर्माण हुन लागेको चलचित्रमा पनि अभिनेत्रीका लागि प्रस्ताव आएको थियो । तर उनले व्यक्तिगत कारण देखाउदै समय नमिल्ने भनेर अस्वीकार गरेकी थिइन् ।

उनले यसअघि पनि चलचित्रमा अभिनय नगरेको भने हैन। उनले यसअघि यात्रा नामक फिल्म खेलिसकेकी छिन् ।

उनको यात्रा फिल्म नेपाली चलचित्र बजारमा सर्वाधिक लोकप्रिय नभएपनि मननै नपराएका भने होइनन् । उक्त चलचित्रले युट्युवमा भने धमका मच्चाएको छ ।