फिदिम । पाँचथर जिल्ला फिदिम नगरपालिका वडा नम्बर – ७ मा एक महिने ब्युटिसियन तालिम उद्घाटन भएको छ ।
सामाजिक बिकास मन्त्रालय प्रदेश नम्बर १ र करुणा फाउण्डेसन नेपालको सहकार्य र फिदिम नगरपालिकाको सहयोग र पञ्चमी युनेस्को संघ हिलिहाङ – ४ को आयोजनामा तालिम भइरहेको हो ।
अपाङगता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम अपाङगता भएका व्याक्ति तथा परिवारका सदस्यहरुका लागि शिप बिकास तथा ब्याबसायिक तालिम अन्तर्गत एक महिने ब्युटिसियन तालिम ०७८ फाल्गुण १० गते देखि सुरु भएर चैत्र १० गते सम्पन्न हुने भएको हो ।
तालिमको उद्द्घाटन कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष प्रदिप भण्डारीले गर्नुभएको थियो भने प्रमुख अत्तिथि फिदिम नगरपालिका वडा नम्बर – ७ का वडा अध्यक्ष गोपाल प्रसाद गुरुङ बिशिष्ट अतिथि रानिटार स्वास्थ चौकिका अ हे व लक्ष्मी गुरुङ अतिथि एभरेस्ट इङलिस स्कुलका पृन्सिपल रुपेन तामाङ अतिथि रानिटार मा वि कि बिनिता तामाङ अतिथि पौरखी मिलिजुलि समुहका अध्यक्ष देउकुमार धमला अतिथि सिर्जन्सिल मिलिजुलि समुहका अध्यक्ष बिनु माया तामाङ को उपस्थितिमा सम्पन्न कार्यक्रम लाइ संचालन सस्थाका सचिव पुरण मगरलेले गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै अथितिहरुले अपाङगता भएका व्याक्ति वा उनिहरुको परिवारका शद्स्यहरुले शिप सिकेर व्यवारमा परिवर्तन गरि निरन्तर कार्य गरे आर्थिक लाभ लिन सकिने कुरा प्रस्ट बनाउनको साथै तालिममा सहभागि हरुले निर्माण गरेका सामग्री समेत बजारिकरण गर्न सहयोग गर्ने प्रतिबद्द्ता गर्नुभएको थियो भने सहभागिहरु अनिवार्य व्यवसायिक बन्नु पर्ने र ब्यवसायिक बन्न प्रयत्न गर्दा कुनै समस्या आए प्राबिधिक सहयोग गर्न कुनै कुरा बाकि नराख्ने प्रतिवद्दता गर्नु भएको थियो ।
उक्त तालिममा फिदिम नगरपालिका वडा नम्बर ७,८,१३ भित्रका अपाङगता भएका व्याक्ति र उनिहरुका परिवारका १० सदस्यहरुले तालिममा सहभागि भएका छन भने उक्त तालिमको प्रशिक्षक लमु शेर्पाले गर्नुभएको छ ।