काठमाडौं, १८ फागुन ।। याक्थुङ युवा मञ्च काठमाडौ जिल्ला कार्यसमितिले सार्वजनिक स्थानहरुमा लिम्बू महिलाहरुको उपस्थिती र अवस्थाका बारे बहस र छलफल गर्ने भएको छ ।
२०७८ फाल्गुन २४ गते मंगलबार दिउसो १२ बजेबाट चुम्लुङ हिम ललितपुरमा कार्यक्रमको आयोजना हुने याक्थुङ युवा मञ्च काठमाडौंकी अध्यक्ष संगीता सुहाङले जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा सम्पूर्ण बुद्धिजीवी समाजसेवी राजनीतिकर्मी र विभिन्न संघसस्थामा आबद्ध रहनुहुने व्यक्तित्वहरुमा निमन्त्रणा गरिएको अध्यक्ष सुहाङले बताउनु भएको छ ।
समग्र हाम्रो लिम्बु समुदायका महिलाहरु सार्वजनिक तथा सरकारी निकायमा कस्तो अवस्थामा छन् । उनीहरुको पहुँच र उपस्थिति भएपनि अवस्था कस्तो छ भन्ने विषयक छलफल हुने अध्यक्ष सुहाङले बताउनुभयो ।
‘लिम्बू समुदायका महिलाहरु कुन कुन ठाउँमा हुनुहुन्छ । महिला भएकै कारण उहाँहरुले कुनै हिंसा पो भोग्नु परिरहेको छ की ? यदि भएको खण्डमा यस्को न्यूनिकरण कसरी गर्न सकिन्छ भन्ने बिषयमा छलपल गर्न लागेका हौँ,’ अध्यक्ष सुहाङले साझा चासोसँग भन्नुभयो ।
छलफल कार्यक्रममा बालकृष्ण माबोहाङ र अमृता थेवे वक्ताको रुपमा रहनुहुने छ भने सहजकर्ताका रुपमा अरुना लिम्बू रहनुहुने छ ।