तेह्रथुम, १८ फागुन ।। पूर्वाञ्चल गट ट्यालेन्ट सिजन फोरको उपाधि तेह्रथुम ललिगुरास नगरपालिका वडा नम्बर ७ लसुने बजारका रोष्मी मगरले उचालेकी छन् ।
२०७८ साल मंसिर बाट सुरु भएको प्रतियोगितामाको फाइनल धनकुटा धनकुटा बजार स्थित सामुदायिक भवनमा भएको थियो ।
उत्कृष्ठ १० बाट बिजेता चुनिएको प्रतियोगितमा रोष्मी प्रथम भएकी हुन् । उनले प्रतियोगीता भर ६ वटा गीतमा आफ्नो कला प्रस्तुत गरेकी थिइन् । उनलाई म्याङ्गलुङ्ग बजारमा रहेको द राईजिङ्ग डान्स स्टुडियोका सन्चालक विशेष गुरुङ्गले प्रशिक्षण दिनुभएको थियो ।
प्रतियोगितामा १ नम्बर प्रदेश भरीका ५ सय जनाको सहभागिता रहेको आयोजकले जनाएको छ । रोष्मीले प्रथम भएसँगै नगद २ लाख २० हजार, मेडल र टरफी प्राप्त गरेकी छन् ।
यस्तै १ वटा अफिसियल म्युजिक भिडियोमा अभिनय गर्न पाउँने साथै ५ लाखको जिवन विमा भएको रोष्मीका आमा प्रकृति लिम्बु, मगरले बताउनुभयो । वर्ष १२ का रोष्मी अहिले म्याङलुङ बजार स्थीत अन्नपुर्ण बोर्डिङ स्कुलमा कक्षा ६ मा अध्यायनरत छिन् ।
उनलाई बोर्डिङका प्रिन्सिपल जगेन्द्र कन्दङ्वाले बधाइ ज्ञापन गर्नु भएको छ । आज एक कार्यक्रमको आयोजना गरी प्रिन्सिपल कन्दङ्वाले बधाइ दिनुभएको हो ।
उहाँले रोष्मी र अन्नपूणै बोर्डिङको जीत मात्रै नभइ समग्र तेह्रथुम जिल्लाको जीत भएको बताउनुभयो ।