राष्ट्रपति पुटिनबिरुद्ध रुसकै उच्च व्यपारी, तोकीदिए टाउकोको मूल्य ! कति पाइन्छ इनाम ?

काठमाडौं, १९ फागुन ।। रुसकै एक व्यपारीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको टाउकोको मूल्य तोकी दिएका छन् । रुस हाल युक्रेनसँगको युद्धमा होमिएको छ । यो अवस्थामा रुसकै एक धनाढ्य व्यपारीले आफ्नै मुलुकका राष्ट्रपतिको टाउकोको मूल्य निर्धारण गरिदिएका हुन् ।
अलेक्स कोनान्खिन नाम गरेका ती व्यपारीले पुटिको टाउकोको मूल्य १० लाख अमेरिकी डलर तोकेका हुन् ।

उनले पुटिनलाई पुटिनलाई नियन्त्रणमा लिएर ल्याएको खण्डमा अथवा मारेर ल्याएको खण्डमा रुसी सैनिक अधिकारीलाई १० लाख अमेरिकी डलर दिने घोषणा गरेका हुन् ।

ती व्यपारिले सामाजिक संजालमा भनेका छन्, ‘पुटिनलाई नियन्त्रणमा लिएको खण्डमा १० लाखको इनाम घोषणा गर्दछु । पुटिन रुसी र अन्तर्राष्ट्रिय कानूनअनुसार युद्धअपराधी हुन् । उनलाई पक्राउ गरी संवैधानिक कर्तव्य पालना गराउनु पर्दछ । यो अवस्थामा सैनिक अधिकारीहरूलाई म १० लाख अमेरिकी डलर इनाम दिने बाचा गर्दछु।’

उनले पुटिन रुसी राष्ट्रपति नभएको आरोप लगाउदै उनी विशेष कारवाहीको नाममा रुसका आवासीय भवनमा विस्फोट गराएर शक्तिमा गएको बताएका छन् । त्यसपछि स्वतन्त्र निर्वाचनलाई दमन गरेर र विपक्षीलाई मारेर संविधानको विपरित सत्तामा पुगेको आरोप लगाएका छन् ।

उनलाई जसरी पनिका कानुनी कारवाही गर्नुपर्ने उनले उल्लेख गरेका छन् ।

उक्त सन्देशमा ‘वान्टेड : डेड अर अलाइभ भ्लादिमिर पुटिन फर मास मर्डर’ भनिएको छ ।