सबै जिल्ला अस्पतालमा नाक-कान-घाँटी रोग विशेषज्ञको दरबन्दीसहित सेवा दिन्छौँ : राज्यमन्त्री

काठमाडौं, २० फागुन ।। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानीप्रसाद खापुङले सबै जिल्ला अस्पतालमा नाक, कान र घाँटीका विशेषज्ञ डाक्टरको दरबन्दी सहितको सेवा दिने बताउनु भएको छ।

विश्व श्रवण दिबशको अबसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य उपचारमा कानको समस्यालाई समेत सरकारले महत्वपूर्ण रुपमा हेर्नू पर्ने भएकोले अब बस्ति स्तरसम्म कानको उपचारलाइ पुर्याउनु पर्ने राज्य मन्त्री खापुङले बताउनु भयो।

यसैबिच एक अर्को प्रशङगमा बोल्दै अध्ययनका लागि अस्ट्रेलिया जाने बिधार्थीहरुको स्वास्थ्य परीक्षण गर्ने जिम्मा पाएको आधिकारिक सस्थाले अस्ट्रेलिया जाने विधार्थीहरुका स्वास्थ्य परीक्षण सुहज र सुलब ढंगले गर्नका लागि निर्देशन समेत दिनु भएको छ।

राज्यमन्त्री खापुङले विभागले अस्ट्रेलिया जाने विद्यार्थीको स्वास्थ्य परिक्षणमा देखिएको समस्याको बारेमा अनुगमन गर्न समेत निर्देशन दिनु भएको छ। नेपाल फागुन १९ गते विश्व श्रवण दिवश मनाईन्छ ।