केपी ओलीको प्रस्ताव – ‘नयाँ जनादेशका लागि महिला जागरण ल्याऔँ’

काठमााडौं, २३ फागुन ।। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल र सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न महिलाले एक पटक पुनः राष्ट्रिय जागरणको अभियान सञ्चालन गर्नुपर्ने बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा एमाले निकट अखिल नेपाल महिला सङ्घको आयोजनामा आज आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले गत निर्वाचनको जनादेशलाई अपमान गर्ने काम भएकाले नयाँ जनादेशमा जानुपर्ने बताउनुभएको हो ।

अध्यक्ष ओलीले नेपाली महिलाहरूले इतिहासमा लोकतान्त्रिक आन्दोलनका क्रममा खेलेको सङ्घर्षपूर्ण भूमिकाको प्रशंसा पनि गर्नुभयो ।

– रासस

Facebook Notice for EU! You need to login to view and post FB Comments!