कन्दङ्वा समाज दक्षिण कोरियाका सचिव झलक कन्दङ्वा (चिन्तित)लाई मात्रृशोक

  • कृष्ण कन्दङ्वा

काठमाडौं, २५ फागुन । किरात याक्थुङ चुम्लुङ वुसान दक्षिण कोरियाका सल्लाहकार एवम् कन्दङ्वा समाज द कोरियाका सचिव झलक कन्दङ्वा (चिन्तित)लाई मात्रृशोक परेको छ ।

दक्षिण कोरियामा कार्यरत कन्दङ्वाका आमा कुमारी कन्दङ्वाको २०७८ फागुन २४ गते ललितपुरस्थित इमाडोलमा निधन भएको कन्दङ्वा समाज दक्षिण कोरियाले जनाएको छ ।

तेह्रथुम जिल्ला आठराई गाउँपालिका वडा नं ६ (साविक चुहानडाँडा हात्तिखर्क) घर भएका कन्दङ्वा परिवार पछिल्लो समय तेह्रथुम सदरमुकाम म्याङ्लुङ बस्दै आएको थियो ।

मृतक कुमारी कन्दङ्वाकी श्रीमान अम्बर कन्दङ्वासहित तीन छोरा र दुई छोरी छन् । मृतकको आजै पशुपति आर्यघाटमा लिम्बू परम्परा अनुसार दाह संस्कार गरिएको छ । मृतकप्रति किरात याक्थुङ चुम्लुङ बुसान शाखाले पनि श्रद्धाञ्जली अर्पण गरेको छ ।

तेह्रथुम जिल्ला आठराई गाउँपालिका वडा नं ६ (विक चुहानडाँडा हात्तिखर्क) निवासी अम्बर बहादुर कन्दङ्वाको श्रीमती किरात याक्थुङ चुम्लुङ बुसान दक्षिण कोरियाका सल्लाहकार एवम् कन्दङ्वा समाज द कोरियाका सचिव श्री चिन्तित कन्दङ्वा लिम्बु ज्यू को पुजनिय ममतामयि (आमा) कुमारी कन्दङ्वाको आज २०७८\११\२४ गते ललितपुर इमाडोलमा असामयिक निधनको खबरले हामि अत्यन्तै दुखित भएको छौ।

यस दुखद घडिमा आमाको आत्माको शान्तिको कामना गर्दै शोक शन्तब्ध परिवारमा धैर्यधारन गर्ने शक्त्ति मिलोस आमाको स्वर्गमा वाश होस हार्दिक श्रद्धान्जली ।

किरात याक्थुङ चुम्लुङ बुसान
दक्षिण कोरिया परिवार