सुद्ध्याइँ ‘फजे’मा उपस्थित हुन सम्पूर्ण कन्दङ्वा दाजु-भाईहरुमा आग्रह (निमन्त्रणासहित)

काठमाडौं, २६ फागुन । कुमारीमायाँ तुम्रोक कन्दङ्वाको सुद्ध्याइँ (फजे)का लागि सम्पूर्ण कन्दङ्वा दाजुभाइ तथा सम्बधित आफन्तहरुलाई उपस्थितका हुन निमन्त्रणा गरिएको छ ।

तेह्रथुम आठराई ६ हात्तिखर्क निवासी अम्बर कन्दङवाकी श्रीमति कुमारी कन्दङवाको गत फागुन २४ गते इमाडोल ललितपुरमा निधन भएको थियो । मृतक कन्दङवाको सुद्ध्याइँ यही फागुन २७ गते शुक्रबार गरिने भएकाले सम्पूर्ण कन्दङवा दाजुभाई, कुल कुटुम्ब, ज्वाइ चेला, आफन्त, भान्जा भान्जी, मामली तथा मलामीहरुमा उपस्थितका लागि आग्रह गरिएको छ ।

दश लिम्बूवान सत्र थुमको रितिरिवाज अनुसार सुद्ध्याइँ (फजे) शुक्रबार दिउसो १२ बजे इन्द्रेणी फुडल्याण्ड एण्ड वेङ्क्वेट रातामकै चोक जनिकै हुने जानकारी गराइएको छ ।

मृतक कन्दङवा समाज दक्षिण कोरियाका सचिव तथा किरात याक्थुङ चुम्लुङ दक्षिण कोरिया शाखाका सल्लाहकार झलक कन्दङ्वाकी आमा हुन् ।

यस्तो छ निमन्त्रणा पत्र