गठबन्धनप्रति व्यांग्य गर्दै ओलीले भने – ‘सर्वोच्चमा गोरु व्यायो, त्यो पनि पाँच वटा पाठो’

काठमाडौं, २७ फागुन । एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालत र पाँच दलिय गठबन्धनलाई ब्यंग्य गर्दै गोरु व्याएर पाँच पाठो पाएको बताएका छन् ।

शुक्रबार एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सर्वोच्चमा गोरु व्याएको मात्रै नभइ पाँच पाठो नै पाएको बताए ।

‘गोरु व्याउँदैन भन्थे सर्वोच्च अदातलमा व्यायो । व्यायो मात्रै होइन पाँच ओटा पाठो पायो,’ उनले भने ।

उनले आफू नेतृत्वको सरकार संविधान बाहिर गएर ढालिएको जिकिर गरे ।