तेह्रथुम, १ चैत । आठराई गाउँपालिका वडा ४ कार्यालय इवाका पशु प्राविधिक शिशिर खनालले तोकिएभन्दा ५ गुणा दस्तुर सेवाग्राहीबाट लिने गरेको तथ्य फेला परेको छ ।
उनले ५ गुणा बढी दस्तुर लिएपनि रसिदको अर्धकट्टीमा भने भने तोकिएबमोजिमकै १ सय रकम लेख्ने गरेका हुन् । आठराई गाउँपालिका वडा – ४ कार्यालय शिशिर खनालले ईवामा सेवाग्राहीबाट सेवा शुल्क तथा सिफारिस दस्तुर अशुली राज्य र नागरिकलाई ठग्दै आएको खुलेको हो ।
खनालले सेवाग्राहीमार्फत जन्मदर्ता प्रतिलिपि वापत सेवा शुल्क ५ सय रुपैयाँ लिने गरेका छन् । जबकी त्यसको शुल्क जम्मा एकसय रुपैयाँ लाग्ने गरेको छ । उनले ५०० बरामबरको रसिद पनि दिने गरेका छन् । तर उनले कार्यलयमा राख्ने गरेको अर्धकट्टीमा सिफारिस वपात सेवा शुल्क जम्मा १ सय रुपैयाँ लेख्ने र बाँकी ४ सय रुपैया आफ्नै खल्तिमा हाल्ने गरेका हुन् ।
जन्मदर्ता प्रतिलिपि वापत सेवा शुल्क ५ सय रुपैयाँको सेवाग्राही दिइएको १३६१ नम्बरको रसिद
रसिद नम्बर १३६१ को अर्धकट्टीमा सिफारिस वापत १ सय रुपैयाँ लेखिएको रसिद
वडाका एकसय भन्दा बढी सेवा ग्राहीमार्फत यस्तो रसिद दिलाएको खुलेको छ । खनालको बदमासीबारे सोध्दा आठराई गाउँपालिका वडा नं, ४ का वडा अध्यक्ष श्याम भट्टराई स्वीकार गरेका छन् ।
आफ्नो कु कार्य खुल्ने भनेर उनले शिर्षकनै नै परिवर्तन गरेर सिफारिस वपात जम्मा १ सय रुपैयाँ लेखेर सेवाग्राही र राज्यलाई ठग्ने गरेको वडा अध्यक्ष भट्टराईले बताए।
विगतमा उनले सेवाग्राहीलाई बिनाकारण सास्ती दिने गरेको पनि स्थानीयले बताएका छन् । विगत दुई वर्षदेखि वडामा पशु प्राविधिकको रुपमा कार्यरत खानाल करारका कर्मचारी हुन ।
घटनाको विषयमा छानविन भइरहेको र उनलेको कार्य गलत सावित भए कारवाहीको दायरामा ल्याइने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बर बहादुर आङदेम्बेले बताउनु प्रतिबद्धता जाहेर गरेका छन् ।