तेह्रथुम, ६ चैत । तेह्रथुम जिल्ला छथर गाउँपालिकाका एमाले नेता खगेन्द लिम्बू नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् ।
लिम्बूसहित ९ नेताहरु एमाले परित्याग गरि नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका हुन् ।
नेकपा (एस) प्रवेश गर्नेहरुमा खगेन्द्र लिम्बू (साविक ओख्रे ८ मार्से) लगायतको टीम रहेको रहेको नेकपा (एकीकृत समाजवादी_ जिल्ला कमिटी सचिव गजेन्द्र कन्दङवाले बताएका छन् ।
फेसबुक स्टाटस लेख्दै सचिव कन्दङवाले एमाले परित्याग गरि नीति, विधि, पद्धति र सिद्धान्तलाई अनुशरण गर्ने गरिखाने आधारभूत वर्गको पार्टीमा प्रवेश गर्ने सबै नवप्रवेशी टिमलाई स्वगत तथा बधाइ दिएका छन् ।
लिम्बू छथर गाउँपालिका अध्यक्ष सन्तोश तिगेलाका दाई तथा एमाले छथरका प्रभावशाली नेता थिए ।