फिदिममा सम्पन्न भयो एक महिने मोबाइल मर्मत गर्ने तालिम

पाँचथर, ९ चैत । फिदिम नगरपालिका वडा नम्बर १३ मा एक महिने मोबाइल मर्मत गर्ने तालिम सम्पन्न भएको छ ।

सामाजिक बिकास मन्त्रालय प्रदेश नम्बर १ र करुणा फाउण्डेसन नेपालको सहकार्य र फिदिम नगरपालिकाको सहयोग र पञ्चमी युनेस्को संघ हिलिहाङ ४ को आयोजनामा अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम अपाङगता भएका व्याक्ति तथा परिवारका सदस्यहरुका लागि शिप बिकास तथा ब्याबसायिक तालिम अन्तर्गत एक महिने मोबाइल मर्मत तालिम सम्पन्न भएको हो ।

तालिम २०७८ फागुन ८ गते देखि सुरु भएर चैत्र ८ गते सम्पन्न भएको छ । तालिमको समापन कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष प्रदिप भण्डारीले गर्नुभएको थियो भने प्रमुख अत्तिथि लुङरुपा स्वास्थ कार्यलयका प्रमुख रामकुमार यादव विशेष अथिति नेम्बाङ मोबाइल इलेक्ट्रोनिक्स फिदिमका प्रोपाइटर साजन नेम्बाङ फिदिम नगरपालिका पाँचथरका सिबिआरएफ क्रान्ति तुम्बापोको उपस्थितिमा सम्पन्न कार्यक्रमलाइ सन्चालन सस्थाका सचिव पुरन मगरले गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै अथितिहरुले अपाङगता भएका व्याक्ति वा उनिहरुको परिवारका शद्स्यहरुले सिप सिकेर व्यवहारमा परिवर्तन गरि निरन्तर कार्य गरे आर्थिक लाभ लिन सकिने कुरा प्रस्ट बनाउनको बजारिकरण गर्न सहयोग गर्ने प्रतिबद्द्ता गर्नुभएको थियो भने सहभागिहरु अनिवार्य व्यवसायिक बन्नु पर्ने र ब्यवसायिक बन्न प्रयत्न गर्दा कुनै समस्या आए प्राबिधिक सहयोग गर्न कुनै कुरा बाकि नराख्ने प्रतिवद्दता गर्नु भएको थियो ।

उक्त तालिममा फिदिम नगरपालिका वडा नम्बर १३ भित्रका अपाङगता भएका व्याक्ति र उनिहरुका परिवारका ९ सदस्यहरुले तालिममा सहभागि भएका छन् भने उक्त तालिमको प्रशिक्षक लुकेश अर्यालले गर्नु हुने भएको छ ।

त्यस्तै फिदिम नगरपालिका वडा नम्बर ७ मा पनि मिति २०७८ चैत्र १० गते ब्युटिसियन तालिम को समापन हुने सस्थाका सचिब पुरण मगरले जानकारि दिनुभयो ।