काठमाडौं, १४ चैत । पल शाह र मनोज गजुरेल सही आइडल बन्न नसकेको मिना ढकालले आरोप लगाएकी छन् ।
हास्यकलाकार मनोज गजुरेलको पूर्वपत्नीसमेत रहेकी ढकालले सामाजिक संजाल टिकटकमा लाइभ आएर उक्त आरोप लगाएकी हुन् ।
उनले कलाकारहरुले आफ्नो नैतिकता, चरित्र र इजत कसरी बनाउने भनेर आफैले ख्यान गर्नु पर्नेमा त्यो नगरेको आरोप लगाएकी हुन् ।
‘समाजमा चिनिएको मान्छे । पपुलर मान्छे । एउटा सेलिब्रेटिमो जिम्मेवारी हुन्छ, उनले भनिन् समाजमा आफ्नो नैतिकता र चरित्र कसरी राख्ने भनेर । हो यही हो मनोज गजुरेल र पल शाह समाजमा सही आइडल हुन सकेनन्,’ उनले भनिन्
कलाकारिता एक पेशा भएको बताउदै उनले पल शाह रियल हिरो बन्न नसकेको भन्दै आलोचना गरेकी छन् ।
अण्डर एजकी महिलालाई ब’लात्कार गरेको आरेप लग्ने बितित्कै पल शाहको इजत लिलाम भइसकेको उनको दाबी छ । ढकालले समाजको इजतको ठेक्का र देशको इजतको ठेक्का महिलाले मात्रै नलिएको भन्दै उनले आफ्नो पारिवारिक कुरा पनि उल्लेख गरेकी छन् ।
उनले आफूले २२ वर्ष गृहृणी भएर बिताएको बताउदै छोरा र छोरी आफैले हुर्काएको बताएकी छन् ।
उनले भनेकी छन्, ‘समाजमा इजतको जिम्मा, देशमा इजतको ठेक्का महिलाले मात्रै लिएका छैनन् । मैले २२ वर्ष गृहिणी भएर जिएको छु । छोराछोरी पाएको हुँ । हुर्काको हुँ । मनोज गजुरेलले पेट बोकेर पाएका होइनन् ।’
उनले कलाकारबाट के सिक्ने भन्दै प्रश्न गरेकी छन् । उनले भनेकी छन्, ‘पल र मनोजको जस्तै आफूसँगै काम गरेकी नाबालिकालाई ब’लात्कार गर्न सिक्ने ? विहे गरेको २२ वर्ष पुगेकी श्रीमतिलाई डिभोर्स गर्न सिक्ने ?’