फिदिममा एक महिने ‘ब्युटिसियन’ तालिम सम्पन्न

पाँचथर, १५ चैत । पाँचथर जिल्ला फिदिम नगरपालिका वडा नम्बर – ७ मा एक महिने ब्युटिसियन तालिम समापन भएको छ ।

सामाजिक बिकास मन्त्रालय प्रदेश नम्बर १ र करुणा फाउण्डेसन नेपालको सहकार्य र फिदिम नगरपालिकाको सहयोग र पञ्चमी युनेस्को संघ हिलिहाङ – ४ को आयोजनामा तालिम सम्पन्न भएको हो ।

अपाङगता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम अपाङगता भएका व्याक्ति तथा परिवारका सदस्यहरुका लागि शिप बिकास तथा ब्याबसायिक तालिम अन्तर्गत एक महिने ब्युटिसियन तालिम ०७८ फाल्गुण १० गते देखि सुरु भएर चैत्र १० गते सम्पन्न भएको हो ।

तालिमको उद्द्घाटन कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष प्रदिप भण्डारीले गर्नुभएको थियो । त्यस्तै प्रमुख अत्तिथि फिदिम नगरपालिका वडा नम्बर – ७ का वडा अध्यक्ष गोपाल प्रसाद गुरुङ बिशिष्ट अतिथि रानिटार माविकी बिनिता तामाङ अतिथि फिदिम नगरपालिका सि बि आर एफ अस्मिता चेम्जोङको उपस्थितिमा सम्पन्न कार्यक्रम लाइ संचालन सस्थाका सचिव पुरण मगरलेले गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै अथितिहरुले अपाङ्गता भएका व्याक्ति वा उनिहरुको परिवारका शद्स्यहरुले शिप सिकेर व्यवारमा परिवर्तन गरि निरन्तर कार्य गरे आर्थिक लाभ लिन सकिने कुरा प्रस्ट पार्नु भएको थियो । त्यस्तै शिप सिकेर व्यहारिक रुपमा कार्यन्वयन गराउन सहयोग गर्ने प्रतिबद्द्ता गर्नुभएको थियो ।

सहभागिहरु अनिवार्य व्यवसायिक बन्नु पर्ने र ब्यवसायिक बन्न प्रयत्न गर्दा कुनै समस्या आए प्राबिधिक सहयोग गर्न कुनै कुरा बाकि नराख्ने प्रतिवद्दता समेत उहाँहरुले व्यक्त गर्नुभएको थियो ।

उक्त तालिममा फिदिम नगरपालिका वडा नम्बर ७, ८, १३ भित्रका अपाङगता भएका व्याक्ति र उनिहरुका परिवारका ९ सदस्यहरुले तालिममा सहभागि भएका छन भने उक्त तालिमको प्रशिक्षक लमु शेर्पाले गर्नुभएको छ ।