तेह्रथुम, १९ चैत । । कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाँडले स्थानीय तहको निर्वाचनमा दलहरुबीच गठबन्धन कायम रहने बताएका छन् ।
ओलीको जन्म जिल्ला तेह्रथुम आएका खाडले पत्रकारहरुसँग बोल्दै नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीबीचको गठबन्धन कायम रहने बताएका हुन् ।
‘केपी ओली नेतृत्वको सरकार निरंकुश बनेपछि गठबन्धनको सरकार आवश्यक भयो’, गृहमन्त्री खाँणले भने, ‘आगामी बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनको उम्मेद्वार हुनेछन्।’
जिल्ला प्रशासन कार्यालयको भवन उद्धघाटन गर्न गृहमन्त्री खाँड तेह्रथुम आएका हन् । गृहमन्त्री खाँडले नेपाली कांग्रेस तेह्रथुमले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा लालीगुराँस नगरपालिकाको चोत्लुङ पार्कमा निर्माण गरिएको सावायेत्हाङ पाङभेको मौलिक घरको समेत उद्ध्घाटन गर्ने कार्यक्रम रहेको मन्त्री खाँडको सचिवालयले जनाएको छ ।