पाँच दलिय गठबन्धनलाई धुलो चटाउँदै एमालेका उम्मेदवार बने पाँचथर उद्योग वाणिज्य संघको अध्यक्ष

फिदिम, २१ चैत । पाँच दलिय गठबन्धनको जालो तोड्दै एमाले निकट उम्मेदवार पाँचथर उद्योग वाणिज्य संघको अध्यक्षमा विजयी भएका छन् ।

सोमबार सम्पपन्न संघको निर्वाचन पछि भएको मतगणनामा पाँचलदीय गठबन्धलाई पछि पार्दै एमाले निकट उम्मेदवार नवराज घिमिरे विजयी हुनुभएको हो ।

काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राजमो गरी पाँच दलीय गठबन्धनका साझा उम्मेदवार नरेन्द्र अधिकारीलाई ७९ मतले पराजित गर्दै घिमिरे अध्यक्षमा विजय हुनु भएको हो ।

१३ सय ५ खसेको मतमा घिमिरेले ६ सय ५२ र अधिकारीले ५७३ मत प्राप्त गर्नुभएको थियो ।

अधिकारी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उमेद्वारी दिनुभएको थियो । गठबन्धनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी, नेकपा एकिकृत समाजवादी को गठबन्धन थियो ।

निर्वाचित घिमिरे नेकपा (एमाले)का तर्फबाट उम्मेद्वारी दिनुभएको थियो उहाँलाई राप्रपाले साथ दिएको थियो ।

उपाध्यक्षमा वसन्त रिजाल, कुमारी मिश्र, मिलन गिरी र सोमकुमार थापा निर्वाचित भएका छन भने महासचिव मा उमनाथ अधिकारी, सचिवमा विकास थापा र कोषाध्यक्षमा चन्द्र प्रसाद डाँगी निर्वाचित हुनुभएको छ। पदाधिकारीमा सत्ता गठबन्धनका बढी उमेद्वार विजयी हुनुभएको छ ।

स्थापनाकाल देखि पहिलो पल्ट काँग्रेसले पाँचथर उद्योग वाणिज्य संघको नेतृत्व गुमाएको छ । काँग्रेसले नेतृत्व गुमाएपछी एमालेले इतिहास रच्न सफल भएको हो ।