ताप्लेजुङ । जिल्लाका लोकप्रिय काँग्रेस नेता लक्ष्मीप्रसाद भट्टराई सिरिजङ्गा गाउँपालिका अध्यक्ष उठ्ने चर्चासँगै गाउँबासीमा हर्सोल्लास छाएको छ ।
यतिबेला उनको चर्चा गाउँपालिका सहित जिल्ला भरी छाएको छ । नेता भट्टराई उही नेता हुन् । जो हाल काँग्रेस प्रदेश १ क का क्षेत्रिय सभापति हुन् ।
उनी लगातार ताप्लेजुङबाट क्षेत्रिय सभापतिमा अत्याधिक मतका साथ निर्वाचित हुँदै आएका नेता हुन् । उनी काँग्रेसको तत्कालीन १२औँ र १३औँ महाधिवेशनमा पनि क्षेत्रिय सचिवमा निर्वाचित भएका थिए ।
स्थानीय तहको चुनाव लागे सङ्गै उनले पनि ताप्लेजुङ सिरिजङ्गा गाउँपालिकामा कांग्रेस पार्टीबाटको उम्मेदवारी दिन लागेको नेता भट्टराईले साझा चासोसँग बताए ।
उनले जनताका पक्षमा काम गरेर देखाउन र सिरिजङ्गा गाउँपालिकालाई नै नेपालको एक उदाहारणीय बनाउने लक्ष्यका साथ आफू उम्मेदवार बन्न लागेको सुनाए ।
स्थानीय गाउँपालिकाबासी पनि उनी विश्वासीलो र केही गर्छु भन्ने निडर स्वभावको नेताले उम्मेदवार दिन लागेको प्रति खुसि छन् ।
‘गाउँ पालिकाको साखलाई अझै वृहत् विकास गरि जल जमिन जङ्गल र यहाँका जनताको भावना लाई समेट्दै अघि वढने उहाँको मुल ध्यय हुनेछ,’ उनले भने, ‘अर्कोतिर गाउँ पालिकाका सामान्य जनतादेखि वौद्विक, ब्यापारी , कृषक लिएर तमाम जनताको भावना समेटेर अघिमा म गाउँपालिका बासीलाई बिश्वास दिलाउन चाहन्छु।’
स्थानीय तहको विकास, समृद्धि र नमुना सिरिजङ्गा गाउँपालिका बनाइ जनताको जिवनस्तरमा परिवर्तन ल्याउने रोजगारीको सृजना गर्दै बेरोजगारको अन्त्य गर्ने आफ्नो लक्ष्य रहेको उनले सुनाए ।
को हुन भट्टराई ?
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका तेल्लोकमा सामान्य परिवारमा जन्मिएका भट्टराई विद्यार्थी राजनीतिबाट उदाएका एक सशक्त पात्र हुन् ।
नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ बाट सानै उमेरबाट उनी राजनीतिमा होमिए ।
उच्च शिक्षा हासिल गर्दै इलाम महेन्द्र रत्न बहुमुखी क्याम्पसको इकाइ सदस्य देखि सचिवको जिम्मेवारीसमेत सम्हालेको उनको अनुभव छ । तत्कालीन समयमा उनी महेन्द्र रत्न वहुमुखि क्याम्पस ईलाममा स्वतन्त्र विधार्थी युनियनको सङ्घको तर्फबाट सचिवको उम्मेदवार बनेका थिए ।
सानै उमेरदेखि हक्कि, निडर, सालिन स्वभावका भट्टराई २०७४ सालको स्थानीय निर्वाचनमा पनि पालिका अध्यक्ष पदमा दावि प्रस्तुत गरेका थिए ।
उनी गणतन्त्रको आन्दोलनमा शाही कु विरुद्ध प्रतिवाद गर्न होमिएको बेला शाही हिरासतमा समेत परेको थिए।