फिदिम । पाँचथर जिल्ला फिदिम नगरपालिका वडा नम्बर १२ मा २३ दिनको बासको फर्निचर बनाउने तालिम सम्पन्न भएको छ ।
सामाजिक बिकास मन्त्रालय प्रदेश नम्बर १ र करुणा फाउण्डेसन नेपालको सहकार्य र फिदिम नगरपालिकाको सहयोग र पञ्चमी युनेस्को संघ हिलिहाङ ४ को आयोजनामा अपाङगता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम अपाङगता भएका व्याक्ति तथा परिवारका सदस्यहरुका लागि शिप बिकास तथा ब्याबसायिक तालिम अन्तर्गत २२ दिनको बासको फर्निचर बनाउने तालिम मिति २०७८ चैत्र १४ गते सम्पन्न भएको हो ।
तालिमको समापन कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष प्रदिप भण्डारीले गर्नुभएको थियो भने प्रमुख अत्तिथि फिदिम न पा वार्ड नम्बर १२ का वडा अध्यक्ष प्रेम नारायण आचार्य बिशिस्ट अथिति करुणा फाउण्डेसन नेपालका इन्द्रदेव कुशवाहा अथितिहरु बडा सदस्य हरु नन्दकिशोर आचार्य, सर्मिला नेपाली, देबी प्रसाद बास्कोटा, अथिति फिदिम नपा सिबिआरएफ सुनिता सुब्बाको उपस्थितिमा सम्पन्न कार्यक्रमलाई सन्चालन पन्चमी युनेस्कोका सचिब पुरन मगरले गर्नु भएको ।
कार्यक्रममा बोल्दै अथितिहरुले अपाङगता भएका व्याक्ति वा उनिहरुको परिवारका शद्स्यहरुले शिप सिकेर व्यवारमा परिवर्तन गरि निरन्तर कार्य गरे आर्थिक लाभ लिन सकिने कुरा प्रस्ट बनाउनको साथै तालिममा सहभागीहरुले निर्माण गरेका सामग्री समेत बजारीकरण गर्न सहयोग गर्ने प्रतिबद्द्ता गर्नुभएको थियो ।
सहभागी अनिवार्य व्यवसायिक बन्नु पर्ने र ब्यवसायिक बन्न प्रयत्न गर्दा कुनै समस्या आए प्राबिधिक सहयोग गर्न कुनै कुरा बाकि नराख्ने प्रतिवद्दता गर्नु भएको थियो ।
उक्त तालिममा फिदिम नगरपालिका वडा नम्बर १२ भित्रका अपाङगता भएका व्याक्ति र उनिहरुका परिवारका १४ सदस्यहरुले तालिममा सहभागि भएका छन भने उक्त तालिमको प्रशिक्षक चुडामणि बास्कोटाले गर्नु भएको थियो।