तेह्रथुम, २५ चैत । तेह्रथुमको जिल्लाको आठराई गाउँपालिका – ६ चुहानडाँडास्थित फुङसिङमा चट्याङले लागेर एक बालिकाको मृ-त्यु भएको छ ।
शुक्रबार आज अपरान्ह साढे ५ बजेतिर वर्षासँगै परेको चट्याङ लाग्दा १० वर्षीया बालिका मिना कन्दङवाको मृ=त्यु भएको इलाका प्रहरी कार्यालय संक्रान्तिबजारका प्रहरी निरीक्षक शेषकराम थान्दारले जानकारी दिएका छन् ।
थान्दारका अनुसार चट्याङ लागेर गम्भीर घाइते भएकी भएकी बालिकाको उपचारको लागि पाँचथर सदरमुकाम फिदिम लैजाने क्रममा बाटोमै मृ-त्यु भएको हो ।
चट्याङबाट वर्ष ५१ का दिलकुमार थोप्रा, वर्ष ३५ की ललिता थोप्रा र वर्ष ३७ का सुक्रराज थोप्रा घाइते भएका छन् । उनीहरुको हाल जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको जनाइएको छ ।