- मिलिना तुम्बापो
इलाम, २६ चैत । नेपाल विद्यार्थी संघ महेन्द्र रत्न बहुमुखी क्याम्पस इकाइ कमिटी तदर्श समिति संयोजकमा पेमा तामाङ चयन भएका छन् ।
शुक्रबार क्याम्पसमा बसेको भेलाले तदर्श समिति संयोजकमा तामाङलाई चयन गरेको हो । भेलाले समितिको सहसंयोजकमा सुस्मा ढुंगाना र सचिवमा निर्मल गुरुङ, सागर लामिछाने थापा चयन भएका छन् । त्यस्तै सदसयहरुमा सुम्निमा राई, प्रकाश लम्जेल, विष्णु नेम्वाङ, विनिता तामाङ लगायत चयन भएको संयोजक पेमा तामाङले बताए ।
केही समयअघि बाटै समिति गठन गर्न विद्यार्थीहरुबाट माग आइरहेकाले शुक्रबार नयाँ कार्यसमिति गठन गरिएको उनाइ छ । नवगठित समितिले आगामी दिनमा विद्यर्थीको हक, हित र अधिकारको पक्षमा लड्ने नवनिर्वाचित संयोजक तामाङले बताए ।
को हुन् पेमा तामाङ ?
पेमा वर्तमान नेविस मरब क्याम्पस सभापतिसमेत हुन् । २४ वर्षअघि पाँचथरको तत्कालीन (नवमीडाँडा गाबिस) हाल फाल्गुनन्द गाउँपालिकामा जन्मिएका पेमा सक्रिय राजनीतिमा आएका आधा दशक भएको छ । उनलाई पहिले राजनीतिक चासो नभएको तर आफू बाध्यताका कारण राजनीतिमा आएको सुनाउछन् ।
गाउँको बिकासमा मुख्य नेताले गरेको उपेक्षा र आवश्यकता खड्किएको बेला आफूलाई सहयोग नगरेको आफू स्वयम विद्यार्थी राजनीतिमा लागेको उनी बताउछन् ।
उनी भन्छन्, ‘गाउँको बजेट देखि सामान्य बिकारका कुरामा पनि हाम्रो गाउँ उपेक्षामा पारियो । स्थानीय नेताहरुले आफू अनुकुल बिकास र बजेट ल्याए । भनौँ भनेका कुरा कसैले नसुनिदिने अवस्था थियो । खबरदारी गर्दा सामान्य नागरिकको हैसियत नपुग्ने अवस्था थियो । यही अवस्थाको कारण विद्यार्थी राजनीतिमा लागेको हुँ।’
‘पहिले पहिले राजनीतिक चासो थिएन। जब पाँचथरमा १२ पास गरेर आएँ । इलाममा ब्याचलर पढ्न थालेपछि राजनीतिको चाह बढ्यो,’ उनी भन्छन्, ‘विद्यार्थीकालमा कुनै कुरा गर्नुपर्दा पनि कुरा सुनिदैन थिए । कुनै न कुनै विषयका लागि आधिकारिकता बन्नका लागि मैले नेविसं रोजेर राजनीतिमा होमिएँ ।’
हुन त उनको परिवारमा पनि राजनीति बिरासद रहेको उनी सुनाउछन् । आफ्नो बुबा पञ्चायत कालमै काँग्रेसको राजनीतिमार्फत गाविस सचिव बनेको बनेको उनको भनाइ छ । तर त्यो बेला परिवारको आर्थिक अवस्था कमजोर भएकाले बुबा बिदेशिनु परेकोले राजनीतिबाट बञ्चित भएको उनी बताउछन् ।