पाँचथर, २७ चैत । पाँचथर जिल्ला तुम्बेवा गाउपालिका वडा नम्बर – ३ मा २० दिनको मुढा बन्ने तालिम सन्चालन भैरहेको छ ।
सामाजिक बिकास मन्त्रालय प्रदेश नम्बर १ र करुणा फाउण्डेसन नेपालको सहकार्य र तुम्बेवा गाउपालिका को सहयोग र पञ्चमी युनेस्को संघ हिलिहाङ ४ को आयोजनामा अपाङगता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम अपाङगता भएका व्याक्ति तथा परिवारका सदस्यहरुका लागि शिप बिकास तथा ब्याबसायिक तालिम अन्तर्गत २० दिनको मुढा बन्ने तालिम सन्चालन भैरहेको हो।
चैत्र १७ गते उद्द्घाटन भएको तालिमको कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष प्रदिप भण्डारीले गर्नुभएको थियो । त्यस्तै प्रमुख अत्तिथि तुम्बेवा गाउपालिका अध्यक्ष होम नाथ थापा बिशिस्ट अथिति तुम्बेवा गाउपालिका प्रमुख प्रशासकीय अधिकृत टोपेन्द्र कुमार लिम्बू तुम्बेव गाउपालिका वडा नम्वर – ३ का वडा अध्यक्ष कमल थापा अथिति अपाङगता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम फोकल पर्सन बिकास थापा तुम्बेवा गाउपालिका सिबिआर एफ रेबिका कुरुङबाङको उपस्थितिमा सम्पन्न कार्यक्रम लाइ सन्चालन पन्चमि युनेस्कोका सचिव पुरन मगरले गर्नु भएको ।
कार्यक्रममा बोल्दै अथितिहरुले अपाङगता भएका व्याक्ति वा उनिहरुको परिवारका शद्स्यहरुले शिप सिकेर व्यवारमा परिवर्तन गरि निरन्तर कार्य गरे आर्थिक लाभ लिन सकिने कुरा प्रस्ट पार्नुभएको थियो ।
साथै तालिममा सहभागी हरुले निर्माण गरेका सामग्री समेत बजारिकरण गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । त्यस्तैगरी सहभागीहरु अनिवार्य व्यवसायिक बन्नुपर्ने र ब्यवसायिक बन्न प्रयत्न गर्दा कुनै समस्या आए प्राबिधिक सहयोग गर्न कुनै कुरा बाकि नराख्ने प्रतिवद्दता गर्नु भएको थियो ।
उक्त तालिममा तुम्बेवा गाउपालिका भित्रका अपाङगता भएका व्याक्ति र उनिहरुका परिवारका १२ सदस्यहरुले तालिममा सहभागी भएका छन भने उक्त तालिमको प्रशिक्षक ललित मुखियाले गरिरहनु भएको छ ।