कुम्मायकमा सम्पन्न भयो २ महिने सिलाइकटाई तालिम

यासोक । पाँचथर जिल्ला कुम्मायक गाउँपालिका वडा नम्बर ५ मा २ महिने सिलाई कटाइ तालिम समापन भएको छ ।

सामाजिक बिकास मन्त्रालय प्रदेश नम्बर १ र करुणा फाउण्डेसन नेपालको सहकार्य कुम्मायक गाउँपालिकाको सहयोग र पन्चमी युनेस्को संघको आयोजनामा अपाङगता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम अपाङगता भएका व्याक्ति तथा परिवारका सदस्यहरुका लागि शिप बिकास तथा ब्याबसायिक तालिम अन्तर्गत दुई महिने कटिङ तालिम मिति २०७८ माघ २० गते देखि सुरु भएर फाल्गुन चैत्र २२ गते सम्पन्न भएको हो ।

तालिमको समापन कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष प्रदिप भण्डारीले गर्नुभएको थियो भने प्रमुअत्तिथि कुम्मायक गाउपालिका अध्यक्ष जय बहादुर चेम्जोङ रहनु भएको थियो ।

कार्यक्रमको बिसिस्ट अतिथि कुम्मायक गाउपालिका स्वास्थ साखा प्रमुख एबम् करुणा फाउण्डेसनका फोकल पर्सन केदार खड्का रहनु भएको थियो।

त्यस्तै कार्यक्रमलाई सन्चालन सस्थाका सचिब पुरण मगरले सन्चालन गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै अथितिहरुले अपाङगता भएका व्याक्ति वा उनिहरुको परिवारका शदस्य शिप सिकेर व्यवारमा परिवर्तन गरि निरन्तर कार्य गरे आर्थिक लाभ लिन सकिने कुरा प्रस्ट बनाउनको साथै सहभागिहरु अनिवार्य व्यवसायिक बन्नु पर्ने र बयबसायिक बन्न प्रयत्न गर्दा कुनै समस्या आए प्राबिधिक सहयोग गर्न कुनै कुरा बाँकि नराख्ने प्रतिवद्दता गर्नुभएको थियो ।

उक्त तालिममा कुम्मायक गाउपालिका भित्रका अपाङगता भएका व्याक्ति र उनिहरुका परिवारका १२ सदस्यहरुले तालिममा सहभागी भएका छन भने उक्त तालिमको प्रशिक्षक विमला राईले गर्नुभएको थियो।