कुम्मायकमा सम्पन्न २ महिने सिलाइकटाई तालिम समापनका झलकहरु (फोटोफिचर)

यासोक । पाँचथर जिल्ला कुम्मायक गाउँपालिका वडा नम्बर ५ मा २ महिने सिलाई कटाइ तालिम समापन भएको छ ।

सामाजिक बिकास मन्त्रालय प्रदेश नम्बर १ र करुणा फाउण्डेसन नेपालको सहकार्य कुम्मायक गाउँपालिकाको सहयोग र पन्चमी युनेस्को संघको आयोजनामा अपाङगता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम अपाङगता भएका व्याक्ति तथा परिवारका सदस्यहरुका लागि शिप बिकास तथा ब्याबसायिक तालिम अन्तर्गत दुई महिने कटिङ तालिम मिति २०७८ माघ २० गते देखि सुरु भएर फाल्गुन चैत्र २२ गते सम्पन्न भएको हो ।