पाँचथरको तुम्बेवामा गुडिया बनाउने तालिम सम्पन्न

फिदिम, ३० चैत । । पाँचथर जिल्ला तुम्बेवा गाउँपालिका वडा नम्बर ३ मा १२ दिने गुडिया बनाउने तालिम सम्पन्न भएको छ ।

सामाजिक बिकास मन्त्रालय प्रदेश नम्बर १ र करुणा फाउण्डेसन नेपालको सहकार्य र तुम्बेवा गाउपालिका को सहयोग र पञ्चमी युनेस्को संघ हिलिहाङ ४ को आयोजनामा अपाङगता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम अपाङगता भएका व्याक्ति तथा परिवारका सदस्यहरुका लागि शिप बिकास तथा ब्याबसायिक तालिम अन्तर्गत १२ दिनको गुडिया बनाउने तालिम सम्पन्न भएको हो ।

गत चैत १७ गते उद्द्घाटन भएको तालिमको कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष प्रदिप भण्डारीले गर्नुभएको थियो भने प्रमुख अथिति तुम्बेवा गाउपालिका अध्यक्ष होमनाथ थापा रहनु भएको थियो ।

बिशिस्ट अथिति तुम्बेवा गाउपालिका प्रमुख प्रशासकीय अधिकृत टोपेन्द्र कुमार लिम्बू, तुम्बेवा गाउपालिका वडा नम्वर ३ का वडा अध्यक्ष कमल थापा अथिति अपाङगता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम फोकल पर्सन बिकास थापा स्वास्थ शाखा प्रमुख बिनिता गौतम तुम्बेवा गाउपालिका सिबिआर एफ रेबिका कुरुङबाङ को उपस्थितिमा सम्पन्न कार्यक्रम को समापन कार्यक्रममा समेत अथितिहरुको उपस्थिति रहेको कार्यक्रमलार्इ सन्चालन पन्चमि युनेस्को का सचिव पुरन मगरले गर्नुभएको ।

अपाङ्गता भएका व्यक्तिहरुको रोजगारी र स्वरोजगारीको लागि गुडिया बनाउने तालिम अपाङ्गता भएका व्यक्ति वा परिवारका सदस्यहरु समाबेश गरि उनीहरुको आर्थिक उपार्जन अभिवृद्धि गर्ने यो परियोजनाको उदेस्यका साथ कार्यक्रम सम्पन्न भएको छ ।

जसलाई निरन्तरता दिने क्रममा १२ जना महिलाहरुले गुडिया बनाउने तालिम लिइ शिप प्राप्त गरेका छन ।

उक्त तालिम पाइसकेपछि लगभग सबैजनाले व्यबसायिक रुपबाट कार्म सुरु गर्न उत्साहिक भएको पाइएको छ ।

सहभागी भइ आर्थिक उपार्जन गर्न चाहने अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरि सम्पन्न भएको तालिममा सहभागिहरु मा धेरै इच्छा जागेको देखिन्थियो ।

सबै प्रकृतिका अपाङ्‍गता भएका व्यक्तिहरूको गुणस्तरीय जीवनको सुनिश्‍चितताका लागि क्रियाशील रहेको सन्दर्भमा करुणा फाउण्डेसनले अपाङ्‍गता भएका व्यक्तिहरूको क्रियाशीलतामा विषेश जोडदिंदै आएको छ ।

त्यसक्रममा अपाङ्‍गता भएका व्यक्तिहरूको उत्पादनशील जीवनयापनका लागि पछिल्ला दिनहरूमा रोजगारी तथा आयमा पहुँचका क्षेत्र पहिचान गरी सराकारी तथा निजी क्षेत्रसँग समन्वय र सहकार्य विस्तार गर्दै जाने सोचका साथ अगाडि बढिरहेको छ ।

कार्यक्रममा बोल्दै अथितिहरुले अपाङगता भएका व्याक्ति वा उनिहरुको परिवारका शद्स्यहरुले शिप सिकेर व्यवारमा परिवर्तन गरि निरन्तर कार्य गरे आर्थिक लाभ लिन सकिने कुरा प्रस्ट बनाउनको साथै तालिममा सहभागि हरुले निर्माण गरेका सामग्री समेत बजारिकरण गर्न सहयोग गर्ने प्रतिबद्द्ता गर्नुभएको थियो भने सहभागिहरु अनिवार्य व्यवसायिक बन्नु पर्ने र ब्यवसायिक बन्न प्रयत्न गर्दा कुनै समस्या आए प्राबिधिक सहयोग गर्न कुनै कुरा बाकि नराख्ने प्रतिवद्दता गर्नु भएको थियो ।

उक्त तालिममा तुम्बेवा गाउपालिका भित्रका अपाङगता भएका व्याक्ति र उनिहरुका परिवारका १२ सदस्यहरुले तालिममा सहभागि भएका छन भने उक्त तालिमको प्रशिक्षक लमु शेर्पाले गर्नुभएको थियो ।