पाँचथरको तुम्बेवामा गुडिया बनाउने तालिम समापनका झलकहरु (फोटोफिचर)

फिदिम, ३० चैत ।। पाँचथर जिल्ला तुम्बेवा गाउँपालिका वडा नम्बर ३ मा १२ दिने गुडिया बनाउने तालिम सम्पन्न भएको छ ।

सामाजिक बिकास मन्त्रालय प्रदेश नम्बर १ र करुणा फाउण्डेसन नेपालको सहकार्य र तुम्बेवा गाउपालिका को सहयोग र पञ्चमी युनेस्को संघ हिलिहाङ ४ को आयोजनामा अपाङगता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम अपाङगता भएका व्याक्ति तथा परिवारका सदस्यहरुका लागि शिप बिकास तथा ब्याबसायिक तालिम अन्तर्गत १२ दिनको गुडिया बनाउने तालिम सम्पन्न भएको हो ।

गत चैत १७ गते उद्द्घाटन भएको तालिमको कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष प्रदिप भण्डारीले गर्नुभएको थियो भने प्रमुख अथिति तुम्बेवा गाउपालिका अध्यक्ष होमनाथ थापा रहनु भएको थियो ।