काठमाडौं, २ बैशाख । चर्चित गायिका मेलिना राईले इगेजमेन्ट गरेको तस्बीर सार्वजनिक गरेकी छन् । दुई वर्षअघि नै उनले म्युजिक एरेन्जर सञ्जिव बराइलीसँग इगेजमेन्ट गरेको तस्बीर सार्वजनिक गरेकी हुन् ।
उनले सामाजिक संजालमा अब चाँडै विवाह गर्ने पनि उद्घोषसमेत गरेकी छन् । विर्तामोड झापा घर भएका सञ्जिव गिटारिस्ट तथा कम्पोजर हुन् ।