नेकपा (एकीकृत समाजवादी) साविक चुहानडाँडा-३ जोरधारा-आहाले कमिटी गठन

तेह्रथुम ३ बैशाख ।। नेकपा (एकीकृत समाजवादी) आठराई गाउँपालिका – ६ साविक चुहानडाँडा ३ जोरधारा आहाले कमिटी गठन भएको छ ।

जोरधारास्थित सम्पन्न भेलाले भीम कन्दङ्वाको अध्यक्षतामा १५ सदस्सीय कमिटी गठन भएको नेकपा (एकीकृत समाजवादी) आठराई -६ अध्यक्ष ओम लिम्बूले बताउनुभयो ।

नवगठित कमिटी अध्यक्षमा भीम कन्दङ्वा, उपाध्यक्षमा धनकुमारी लिम्बू, सचिवमा भीमराज कन्दङ्वा, सहसचिव बिक्रम कन्दङ्वा चयन हुनुभएको छ ।

त्यस्तै सदस्यहरुमा सिंहराज कन्दङ्वा, धनराज तामाङ, चन्द्रादेवी ढुंगेल, वृजु कन्दङ्वा, शिखर कन्दङ्वा, श्रीमान तामाङ सागरकन्दङ्वा, जीवन मैनाली, कुलप्रसाद ढुंगेल लगायत १५ सदस्सीय कमिटी गठन गरिएको अध्यक्ष लिम्बूले बताउनुभयो ।

प्रदेश १ कमिटी सदस्य तथा आठराई गाउँपालिका अध्यक्ष मानबहादुर लिम्बू, नेकपा एकीकृत समाजवादी आठराई गाउँपालिका संगठन कमिटी अध्यक्ष कुमार कन्दङ्वा र आठराई गाउँपालिका वडा ६ अध्यक्ष ओम लिम्बूको सहभागितामा नयाँ कार्यसमिति गठन गरिएको हो ।

नवगठित कमिटीले स्थानीय निर्वाचनको प्रचारप्रसार गर्नेसमेत निर्णय गरेको छ ।

सोफामा बसेर जनमतको आग्रह नगर्न चेतावनी

भेलामा नेकपा (एकीकृत समाजवादी)  प्रदेश -१ कमिटी सदस्य तथा आठराई गाउँपालिका अध्यक्ष मानबहादुर लिम्बूले एमाले छाडनुको कारणबारे प्रष्ट पार्नुभएको थियो । त्यस्तैगरी उहाँले पार्टीको आगामी कार्यदिशा र दायित्वबारे प्रष्ट पार्नुभएको थियो ।

उहाँले गाउँपालिकाभरी गाउँस्तरबाटै माया र सहानुभती पाइरहेको समेत बताउनुभयो । उहाँले केन्द्रमा सोफामा बसेर जनमतको अनुमान नगर्न अन्य दलाका नेताहरुलाई आग्रहसमेत गर्नुभएको थियो । उहाँले जनमत कता मोडिदै छ भनेर सोफामा बसेर अनुमान गर्नेहरुलाई थाहै नभएको दाबी गर्नुभयो ।