सर्लाही, ३ बैशाख । । नेकपा (एमाले)का अध्यक्ष केपी शर्माले मधेसको मुद्दा सम्बोधन गर्न आफ्नो पार्टी तयार रहेको बताउनुभएको छ ।
सर्लाही सदरमुकाम मलङ्गवाास्थित कभर्ड हलमा एमाले सर्लाहीद्वारा आज आयोजित कार्यक्रममा उहाँले उहाँले भन्नुभयो, “मधेसको मुद्दा सम्बोधन गर्नमा एमाले तयार छ ।”
नागरिकताको समस्या भोगिरहेका जनताका लागि नागरिकता विधेयक एमाले सरकारले ल्याए पनि पारित हुन नसकेको उहाँको भनाइ छ ।
उहाँले आगामी दिनमा आफ्नो पार्टीले मधेसी जनताका समस्या सम्बोधन गर्ने बाचासमेत गर्नुभयो ।
रासस