काठमाडौं, ४ वैशाख । । अभिनेता पल शाहमाथि जबरजस्ती करणी गरेको अभियोग लगाएकी पीडित किशोरीले वयान फेरेकी छन् । नाबालिग भनिएकी ती पीडित किशोरीले आइतबार वयान फेरेको बताइएको छ ।
ती नाबालिग किशोरीले जिल्ला अदालत तनहुँमा पुगेर बयान फेरेको एक वकिलले बताए । उनले आफूमाथि करणी नभएको बताएको ती वकिलले बताए ।
अभिनेता पलशाह शाह झण्डै एक महिनायता पुर्पक्षका लागि जिल्ला कारागार तनहुँमा छन् । उनलाई ती किशोरीले आफूलाई एक फिल्म सुटका क्रममा जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी दिएको थियो । पीडित किशोरीले शाहलाई १२ देखि १४ वर्षसम्म कैद सजायको मागदाबी गरेको थियो ।
वयान फेरेपछि अब यो प्रकरणले नयाँ ट्वीष्ट पाएको छ । कानुन त महिलाले झुट मुद्धा लागाए उनैलाई कारवाहीको उल्लेख छ ।
उनले कसैको दवावमा आरोप लगाउन पुगेको बताएको बताइएको छ ।