पाँचथर, ६ बैशाख । पत्रकार दीपक बोहोरा ‘स्व. देउमान केरूङ स्मृति पत्रकारिता पुरस्कार २०७६’ बाट पुरस्कृत भएका छन् ।
नेपाल प्रेस यूनियन पाँचथर शाखाको छैटौं साधरण सभाको अवसरमा सोमबार बोहोरासहित ४ पत्रकार जनही रु १० हजारको राशीसहित पुरस्कृत भएका हुन् ।
पत्रकार दीपक बोहोरासँगै संगीता सुहाङ, रमेश गुरुङ र कुमार खड्का पनि सम्मानित भएको प्रेस युनियन पाँचथर शाखाले जनाएको छ ।
बोहोरा पाँचथरमा करिब एक दशकयता संक्रिय पत्रकारिता पेशामा छन् । उनी कारोबार दैनिक पाँचथर संवाददाता, हाम्रो खेलकुद प्रदेश १ संवाददाता, केन्जोखबर सहसम्पादकका साथै फिदिम टुडे संस्थापक प्रकाशकसमेत हुन् ।
बिस २०७१ सालमा स्थापना भएको स्वर्गिय देउमान केरुङ स्मृति पत्रकारिता पुरस्कार प्रत्येक वर्ष प्रदान गरिदै आएको छ । उक्त पुरस्कार राशीको अक्षयकोष आफ्ना बुबाको स्मृतिमा नेपाली कांग्रेस पाँचथरका निवर्तमान सभापति नरेन्द्रकुमार केरूङ, सुरेन्द्र शिसिर केरूङ र ज्ञानेन्द्र केरूङले खडा गरेका हुन् ।