नेकपा (एकीकृत समाजवादी) साविक चुहानडाँडा ४ र ५ मा नयाँ कमिटी गठन

तेह्रथुम, ६ बैशाख । नेकपा (एकीकृत समाजवादी)ले तेह्रथुमको आठराई गाउँपालिका – ६ साविक चुहानडाँडा ४ र ५ मा नयाँ कमिटी गठन गरेको छ । शनिबार साविक चुहानडाँडा ४ हात्तिखर्क र ५ मंशारीमा भेला भइ नयाँ कमिटी गठन गरेको हो ।

भेलामा आठराई गाउँपालिका अध्यक्ष एवं नेकपा एस प्रदेश १ कमिटी सदस्य मानबहादु लिम्बू, आठराई गाउँपालिका संगठन कमिटी अध्यक्ष कुमार कन्दङ्वा र आठराई वडा ६ कमिटी अध्यक्ष ओम लिम्बूको उपस्थिती रहेको थियो ।