पाँचथर, ६ बैशाख । लामो समयबाट रेडियो पत्रकारितामा क्रियाशील पत्रकार संगीता सुहाङ ‘स्व. देउमान केरूङ स्मृति पत्रकारिता पुरस्कार २०७६’ बाट पुरस्कृत भएकी छन् ।
नेपाल प्रेस यूनियन पाँचथर शाखाको छैटौं साधरण सभाको अवसरमा सोमबार सुहाङसहित ४ पत्रकार जनही रु १० हजारको राशीसहित पुरस्कृत भएका हुन् ।
पत्रकार सुहाङसँगै, रमेश गुरुङ र कुमार खड्का पनि सम्मानित भएको प्रेस युनियन पाँचथर शाखाले जनाएको छ । पत्रकार सुहाङ पाँचथरको सामुदायिक रेडियो सुम्हालुङ एफएम र व्यवसायिक रेडियो इगल एफएममार्फत लामो समय सञ्चार कर्ममा थिइन् ।
बि.स २०७१ सालमा स्थापना भएको स्वर्गिय देउमान केरुङ स्मृति पत्रकारिता पुरस्कार प्रत्येक वर्ष प्रदान गरिदै आएको छ ।
उक्त पुरस्कार राशीको अक्षयकोष आफ्ना बुबाको स्मृतिमा नेपाली कांग्रेस पाँचथरका निवर्तमान सभापति नरेन्द्रकुमार केरूङ, सुरेन्द्र शिसिर केरूङ र ज्ञानेन्द्र केरूङले खडा गरेका हुन् ।