नेविसंघ तेह्रथुम बहुमुखी क्याम्पस एकाई कमिटी पुनर गठन

  • सुमन आचार्य

तेह्रथुम, ८ बैशाख । । नेपाल विद्यार्थी संघ तेह्रथुम बहुमुखी क्याम्पस एकाई कमिटी पुनर गठन भएको छ । बिहीबार ताराप्रसाद दाहालको अध्यक्षतामा ३३ सदस्य एकाई समिति गठन भएको हो ।

नवगठित कमिटीको सभापति तारा प्रसाद दाहाल उपासभापतिमा कञ्चन पौडेल, उपासभापतिमा सुमन भट्टराई
सचिवमा कमलमणि आचार्य, सचिवमा निरज ओली, सहसचिवमा मनिशा नेपाली, सहसचिवमा सरोज लकान्द्री
कोषाध्यक्षमा मेनुका तामाङसहित ३३ सदस्य कमिटी गठन चयन भएका छन् ।

कार्यक्रम नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति तेह्रथुमका उपासभापति युवराज ईङ्नामको प्रमुख आथित्यता तथा विशेष अथितिहरु नेपाली कांग्रेस प्रदेश सभा (ख) सचिव कृष्णप्रसाद बास्कोटा, नेपाल विद्यार्थी संघ तेह्रथुम पूर्वजिल्ला सचिव हेमन्त गुरुङ नेपाली कांग्रेस प्रदेश सभा (ख) सदस्य अमृतकुमार बास्तोला साथै अथिति हरुमा नेपाली कांग्रेस आठराई गाउँकार्यसमिति उपसभापति राजिव ईङ्नाम नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति सदस्यहरु सुमन आचार्य, जयकुमार बराइली, नेपाल शिक्षक संघ आठराई गाउँपालिका निवर्तमान सभापति विरेनद्र कन्दङ्वा, नेपाली कांग्रेस आठराई गाउँपालिका वडा न (४) का सभापति खगेन्द्र गरुड, त्यसैगरि वडा न (६)का सभापति जयप्रसाद मैनाली नेपाल तरुण दल आठराई सचिव योगेश ईङ्नाम र नेपाली कांग्रेस १४औँ जिल्ला अधिवेशन प्रतिनिधि दयासागर गौतमको आथित्यतामा सम्पन्न भएको हो ।

नवगठित समितिलाई अथितिहरुले आआफ्नो तर्फ शुभकामना दिनुभएको थियो । कार्यक्रमको अध्यक्ष नेपाल विद्यार्थी संघ तेह्रथुम बहुमुखी क्याम्पसका उपसभापति फारस बास्कोटाको अध्यक्षमा सम्पन्न भएको नेपाल विद्यार्थी संघ जिल्ला तेह्रथुमका उपसभापति युवराज ईङ्नामले जानकारी दिनुभएको छ ।