भरतपुरको मेयरमा एमालेले उठायो विजय सुवेदीलाई, गठबन्धनलाई धुलो चटाउने दाबी

चितवन, १० बैशाख । नेकपा (एमाले)ले भरतपुर महानगरपालिकाको मेयरको लागि विजय सुवेदीलाई सिफारिस गरेको छ । अब उनले निवर्तमान महानगर प्रमुख रेनु दाहालसँग कडा प्रतिस्पर्धा गर्ने भएका छन् । एमालेको निवर्तमान बाग्मति प्रदेश सांसद हुन् । उनले भरतपुर महानगरको मयर पदमा उम्मेदवारी दिन केही दिनअघिमात्रै पदबाट राजीनामा दिएका थिए ।

महानगरमध्ये पनि निकै चर्चा र प्रतिष्ठाको रुपमा रहेको भरतपुरमा गठबन्धनका तर्फबाट प्रचण्ड पुत्री रेनु दाहालको उम्मेदवारी रहेको छ । गठबन्धनको भागबण्डाका क्रममा भरतपुर माओवादीको भागमा परेको हो ।

नेकपा एमालेले यो पटक चितवनमा गठबन्धनलाई धुलो चटाउने दाबी गर्दै आएको छ । उता रेनु दाहालले पनि पुन उम्मेदवारी दिन मेयर पदबाट राजीनामा दिइसकेकी छन् ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!