धरान उपमनपा ४ का निवर्तमान अध्यक्ष राईले छाडे एमाले, नेकपा एसमा प्रवेश

धरान, १० बैशाख । धरान उपमहानगरपालिका वडा नं ४ का निवर्तमान वडाध्यक्ष मानबहादुर राई नेकपा (एकीकृ समाजवादी) प्रवेश गरेका छन् ।

उनी नेकपा एमाले परित्याग गरि नेकपा (एकीकृत समाजवादी) प्रवेश गरेका हुन् । सुनसरी सहइन्चार्ज सुस्मा राई तथा सुनसरी जिल्ला कमिटी सचिवालय सदस्य कैलाश अग्रवालसँगको छलफल र परामर्शपछि पार्टी प्रवेश गरेका हुन ।

धरान उपमहानगर अध्यक्ष रेवतीरमण राई, सचिव खेमराज दाहाल लगाएत स्थानीय नेताहरुले अविर तथा खदाले पार्टी कार्यलयमा भव्यताका साथ स्वागत गरेका थिए ।