प्रचण्डसँग चुनाव लड्ने देवी ज्ञवालीको संकेत, भन्छन्- ‘२०७४ मा छोरीलाई जितेँ, अब बुबालाई पछार्छु’

चितवन, १० बैशाख । नेकपा एमालेका नेता देवी ज्ञवालीले २०७४ को निर्वाचनमै भरतपुर महानगरको मेयर जितेको दाबी गरेका छन् । उनले एक संचारमाध्यमसँग कुराकानी गर्दै आफूले यसअघि नै भरतपुरको मेयर जितेको भन्दै यो पटक विजय सुवेदीलाई आँफैले प्रस्ताव गरेको उल्लेख गरेका छन् ।

‘भरतपुरमा अघिल्लो पटक नै मैले जितिसकेको छु। मेरो अर्को साथीलाई खडा गरेर भरतपुरको विजयी यात्रालाई निरन्तरता दिन विजय सुवेदीलाई प्रस्ताव गरेँ ।’

उनले आगामी संघको निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भिड्ने संकेत गर्दै यसअघि रेनुलाई जितेको र अब उनको बुबासँग लड्ने बताएका छन् ।

‘माओवादी अध्यक्षसँग किन नलड्ने उनी को हुन् र ?’ भरतपुरमा भइरहेको गठबन्धनको लफडाले एमालेलाई जिताउन मद्दत गर्ने पनि जिकीर गरे ।

भरतपुर महानगरमा एमालेले पाँच दलीय मात्र नभइ २० दल आएपनि जित निकाल्ने उनको दाबी छ ।

२०७४ को स्थानीय तहको निर्वाचनमा आफूले रेनुलाई जितको तर कस्तो नाटक गरेर हराएको भन्ने कुरा सबैलाई थाहा भइसकेको उनले उल्लेख गरे ।