पाँचथरको फिदिम नगरपालिकामा टुट्यो पाँच दलीय गठबन्धन, एमालेलाई जितको बाटो खुल्यो

काठमाडौं, ११ बैशाख । पाँचथरको फिदिम नगरपालिकामा पाँच दलीय गठबन्धन टुटेको छ ।

विभिन्न चरणमा बैठक बसेपनि सहमति हुन नसकेको भन्दै नगर सभापति प्रकास गुरुङले एक विज्ञप्ति जारी गरेका छन् । आज उम्मेद्वारी मनोनयनको पहिलो दिन हो । यही दिन नेपाली नेपाली कांग्रेसले नगरपालिकाम गठबन्धन गर्न नसकिने भन्दै विज्ञप्ति निकालिएको हो ।

दलहरुबीच सहमति नजिक पुग्न नसकिएको भन्दै गठबन्ध हुन नसक्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

विज्ञप्तीमा भनिएको छ – ‘भिन्न चरणमा भएको बैठक र छलफल गर्दा सहमति नजिक पुग्न नसकिएको र १४ वटै वडामा नेता कार्यकर्ताको राय बुझ्दा गठबन्धनको पक्षमा चरम असन्तुष्टी भएकोले र प्रमुख, उपप्रमुख वडा अध्यक्ष र वडा सदस्य पदहरुमा पाँच दलिय गठबन्धन गर्न आवश्यक नरहेको र सहमति पनि हुन नसकेकोले गठबन्धन विनानै मैत्रीपुर्ण प्रतिस्पर्धा गरिने छ।’

फिदिममा हाल नेपाली काँग्रेसबाटै निर्वाचित मेयर छन् । त्यस्तै एमालेको पनि पक्कड क्षेत्र रहेको फिदिममा यो पटक नेकपमा माओवादी केन्द्रलाई सकस परेको छ ।

त्यस्तै एमालेका लागि भने जितको लागि संभावनाको बाटो खुलेको छ । फिदिम नगरपालिका भर्खरै सम्पन्न उद्योग वाणिज्य संघको निर्वाचनमा पाँच ललीय गठबन्ध रहँदै एमाले एक्लैले अध्यक्ष जितेको नगर हो ।

विज्ञप्ती